लमजुङका भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपुर्जा लिन सूचना आह्वान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लमजुङका भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपुर्जा लिन सूचना आह्वान


७ भाद्र २०७९, मंगलबार


लमजुङ । लमजुङ जिल्लामा पनि राष्ट्रिय भूमि आयोगले जिल्लाभित्र रहेका भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपुर्जा दिने भएको छ ।

लमजुङमा मात्रै नभईकन देशभरका भूमिहीन तथा दलित परिवारलाई व्यवस्थापन गराउन र स्थायी रूपले बसोबास गराउन लालपुर्जा दिन लागेको हो ।

गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको बेंसीशहर नगरपालिका भित्र सुन्दर बजार नगरपालिका, राइनास नगरपालिका रहेका छन् भने गाउँपालिकातर्फ मर्स्याङ्दी गाउँपालिका र दोर्दी गाउँपालिकामा भूमिहीन दलित तथा सुकुम्वासीको लगत सङ्कलन भइसकेको राष्ट्रिय भूमि आयोग लमजुङका अध्यक्ष दामदोर अधिकारीले बताए । उनकाअनुसार जिल्लामा बाँकी रहेको अन्य नगरपालिका जस्तै बेंसीशहर नगरपालिका, मध्य नेपाल नगरपालिकाको लगत सङ्कलन उठाउन बाँकी छ ।

यस्तै गाउँपालिका तर्फ क्व्होलासोंथर गाउँपालिका र दूध पोखरी गाउँपालिकाको लगत सङ्कलन उठाउन बाँकी भएकाले भूमिहीन दलित तथा सुकुम्वासीका लागि निवेदन दिन बेंसीशहर नगरपालिकाले ३५ दिने सूचना प्रकाशन गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस