डिल्लीबजारको सफ्टवारिका कलेज अज्ञात समूहद्वारा तोडफोड « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

डिल्लीबजारको सफ्टवारिका कलेज अज्ञात समूहद्वारा तोडफोड


७ भाद्र २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँको डिल्लीबजारस्थित सफ्टवारिका कलेजमा तोडफोड भएको छ। बिहान ६ बजे कलेज तोडफोड भएको हो।

मोटरसाइकलमा आएका ४ जना अज्ञात समूहले कलेजको अगाडिपट्टि रहेको सिसामा ढुङ्गा हानेको कलेजले बताएको छ।

कलेजको सिसी क्यामेरा बाहिर नभएको र सुरक्षा गार्डले पनि नदेखेकोले कसले तोडफोड गर्‍यो थाहा नभएको कलेजले जनाएको छ ।

तोडफोडबाट त्यस्तो धेरै क्षति नभएको कलेजले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस