विप्लवका कार्यकर्ताले गरे काेटेश्वरमा दुई वटा सार्वजनिक गाडीमाथि तोडफोड, एक जना पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विप्लवका कार्यकर्ताले गरे काेटेश्वरमा दुई वटा सार्वजनिक गाडीमाथि तोडफोड, एक जना पक्राउ


७ भाद्र २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँको कोटेश्वरमा बन्दकर्ताहरुले दुई वटा सार्वजनिक गाडीमा तोडफोड गरेका छन् ।

कोटेश्वरको आकाशे पुल नजिक बा‍।४ख९३९४ नम्बरको बसमा तोडफोड गरिएको छ । ‘महासागर’ लेखिएको सो बसको अगाडीको भागमा क्षति पुगेको छ । त्यस्तै भाटभटेनी अगाडी बा.३ख७९०६ नम्बरको हाइस गाडी तोडफोड गरिएको छ । माइक्रो बसको अगाडीको भागको सिसा फुटेको छ ।

बन्द गराउँदै हिँडेका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले गाडी तोडफोड गरेको बताइएको छ । बस तोडफोड गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पठाओ चढेर आएका युवकले बस तोडफोड गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस