राष्ट्रिय स्वतन्त्र पार्टीमा पदाधिकारी नियुक्त, को-को भए छनोट ? « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

राष्ट्रिय स्वतन्त्र पार्टीमा पदाधिकारी नियुक्त, को-को भए छनोट ?


७ भाद्र २०७९, मंगलबार


काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारी नियुक्त गरेको छ।

केन्द्रीय समितिको सोमबार बसेको बैठकले पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा पार्टीको केन्द्रीय सदस्यहरू डोल प्रसाद अर्याललाई उपसभापति, डाक्टर मुकुल ढकाललाई महामन्त्री, कवीन्द्र बुर्लाकोटीलाई सह-महामन्त्री र बसुमाया तामाङलाई सह-कोषाध्यक्षमा नियुक्त गरेको हो ।

बैठकले आगामी निर्वाचन प्रयोजनका लागि केन्द्रीय सदस्य विपिन आचार्यको संयोजकत्वमा घोषणा पत्र तयारी समिति गठन पनि गरेको छ। बैठकले हाल संसदमा रहेका राजनीतिक दलहरूबाहेकका दलहरू तथा गैर दलीय रूपमा उम्मेदवारी घोषणा गरेका सक्षम स्वतन्त्र नेपाली नागरिकहरूसँग सहकार्य गर्ने प्रयोजनका लागि केन्द्रीय सदस्य गणेश पराजुलीको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ।

त्यस्तै बेथिति विरुद्ध खबरदारी गर्ने उद्देश्यले केन्द्रीय सदस्य अधिवक्ता सोविता गौतमको संयोजकत्वमा र्‍यापिड एक्सन टिम गठन गरेको छ। त्यस्तै केन्द्रीय सदस्य गीता रेग्मीले पेस गरेको राजीनामा स्वीकृत गरी उक्त पदमा चितवनकी सविना विकलाई नियुक्त गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस