अनलाइन जुवा खेलाएको आरोपमा ४ जना पक्राउ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

अनलाइन जुवा खेलाएको आरोपमा ४ जना पक्राउ


६ भाद्र २०७९, सोमबार


काठमाडौँ। झापामा कन्सलटेन्सीको नाममा जुवा खेलाएको आरोपमा ४ जना पक्राउ परेका छन् ।

नेपालमा प्रतिबन्धित वान बेट एप्लिकेशन मार्फत गेम खेलाउने र नक्कली सरकारी कागजात बनाउने गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्रेको हो ।

१ नम्बर प्रदेश प्रहरी  कार्यालय विराटनगरका अनुसार दमक-८ मा  रहेको पद्मा ईन्टरनेशनल कन्सल्टेन्सीका सञ्चालक २५ वर्षीय सतप्रकाश साह र दमक नगरपालिका-७ का २७ वर्षीय राजु श्रेष्ठ, योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियोका सञ्चालक कमल गाउँपालिका-२ का ३० वर्षीय अरुण कार्की र ब्रिटिस आर्मी ट्रेनिङका सञ्चालक दमक-८ का ३३ वर्षीय राजु लिम्बु पक्राउ परेका हुन् ।

१ नम्बर  प्रदेश प्रहरी कार्यालय बिराटनगरको रिट  समूह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको  प्रहरी टोलीले उनीहरूलाई पक्रेको हो ।

प्रहरीका अनुसार पक्राउ  परेको समूहले अनलाइन गेम खेलाउँदै आएको थियो । अनलाइन गेम  खेल्न चाहाने  व्यक्तिको नागरिकता लिने र सोही नागरिकताबाट एनसेलको सिम कार्ड झिकेर सट्टाबाजीको लागि इसेवा आइडी खोली रकम सङ्कलन गर्ने गरेको  पाइएको प्रहरीले जनाएको छ ।

कन्सल्टेन्सीमा आउने विद्यार्थीहरूको प्रयोगको लागि विभिन्न सरकारी कार्यालयको छाप तथा जनप्रतिनिधिहरूको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्रसमेत बनाउने गरेको  अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले प्रयोग भएका २७९ र प्रयोग नभएका ४५ थान एनसेलको सिम, १९ वटा मोबाइल, ल्यापटपलगायत सामग्री बरामद गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस