अन्तर्घात छानबिन समितिले बुझायो प्रतिवेदन, के छ निष्कर्ष ? « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

अन्तर्घात छानबिन समितिले बुझायो प्रतिवेदन, के छ निष्कर्ष ?


६ भाद्र २०७९, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले गठन गरेको चुनावमा भएको भनिएको अन्तर्घातबारे छानबिन गर्न गठन भएको समितिले प्रतिवेदन बुझाएको छ ।

सोमबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रमका बीच अनुशासन आयोगका अध्यक्ष टंक राई नेतृत्वको समितिले अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन चार परिच्छेदमा विभक्त रहेको राईले बताए । पहिलोमा समितिको छानबिनको सामान्य उदेश्य, समयसीमा, अध्ययनको विधि, पद्धति र क्षेत्रको विषयमा उल्लेख छ । दोस्रोमा उजुरी र उजुरीसँग सम्बन्धित व्यक्तिसँग लिएको बयान र तथ्य तथ्यांक समावेश छ भने तेस्रो परिच्छेदमा पार्टीले गर्नुपर्ने कारबाहीसम्बन्धी सिफारिस रहेको छ । यस्तै चौथोमा समितिले पार्टीलाई दिएको आवश्यक सुझावहरु उल्लेख छ ।

राईले छानबिनका क्रममा ५०० जनाभन्दा बढी व्यक्तिसँग अन्तरक्रिया गरिएको बताउँदै उनीहरुले दिएको जानकारीको आधारमा प्रतिवेदनलाई अन्तिम रुप दिइएको बताए ।

सो क्रममा अन्तर्घात बारेको केही अडियो र भिडियो पनि संकलन गरिएको उनले बताए । समितिले अन्तर्घातमा संलग्न केही नेतामाथि कारबाहीको सिफारिस गरेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस