सरकारसँग तीन बुँदे सहमतिपछि निहारिकाले तोडिन् अनसन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारसँग तीन बुँदे सहमतिपछि निहारिकाले तोडिन् अनसन


५ भाद्र २०७९, आइतबार


काठमाडौँ । निहारिका राजपूतले सरकारसँग तीन बुँदे सहमति भएपछि अनसन तोडेकी छन् । आज कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद कोइरालाले उनलाई अनसन तोडाएका हुन् ।

काठमाडौँ जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल र निहारीकाबीच तीन बुँदे सहमति भएपछि उनले १७ दिनदेखिको तोडेकी हुन् ।

सरकारले निहारिकाको माग र अनुरोधबमोजिम उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दाको डिएनए परीक्षण गर्न अदालतसमक्ष उनको तर्फबाट सरकारी वकिलले माग गर्ने सहमति गरेको छ ।

त्यस्तै, डिएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने सहमति भएको उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस