कुलोको विवादमा कुटपिट, एकजनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कुलोको विवादमा कुटपिट, एकजनाको मृत्यु


५ भाद्र २०७९, आइतबार


काठमाडौँ । रौतहटको चन्द्रनिगाहापुर-४ स्थित पैनिटोल बस्ने ७७ वर्षका गोपाल घिमिरेको कुटपिटबाट मृत्यु भएको छ । साउन २८ मा कुलोको विषयमा विवाद हुँदा उनीमाथि कुटपिट भएको थियो । उपचारका क्रममा उनको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी सुनिल मल्लले बताए ।

कुलोमा फोहोर जम्मा भएको विषयमा विवाद हुँदा एउटा समूहले उनीमाथि आक्रमण गरेको थियो । घिमिरेको मृत्यु भएपछि स्थानीयले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर अगाडि प्रदर्शन गरेका छन् । स्थानीयले ‘कर्तव्य ज्यान मुद्दा’ दर्ता गरेर घटनाबारे अनुसन्धान गर्न माग गरेका छन् ।

असार २९ मा प्रहरीले जाँचका केश फारम भरेर उपचारका लागी पठाएको थियो । पहिले वीरगञ्जमा उपचार गरेर घिमिरेलाई उनका आफन्तले काठमाडौं ल्याएका थिए । काठमाडौंमा पहिलो केएमसी अस्पतालमा उपचार गराएर उनी फेरि त्रिवि शिक्षण अस्पतालमा गएका थिए । त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको  ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन । 

Tags :
प्रतिक्रिया दिनुहोस