कर्णालीका मुख्यमन्त्री शाहीले नियुक्त गरे समन्वय विज्ञ सल्लाहकार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर्णालीका मुख्यमन्त्री शाहीले नियुक्त गरे समन्वय विज्ञ सल्लाहकार


५ भाद्र २०७९, आइतबार


काठमाडौँ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले जिम्मेवारी सम्हालेको १० महिनापछि समन्वय विज्ञ सल्लाहकार नियुक्त गरेका छन् । मुख्यमन्त्री शाहीकै गृह जिल्ला हुम्लाकी याङजुङ्ग डोल्मा लामालाई मुख्यमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा नियुक्त गरिएको हो । 

भदौ १ गते बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको काममा सहयोग पुर्‍याउनका लागि भन्दै समन्वय विज्ञको रुपमा लामालाई नियुक्त गरिएको हो । लामा सिमिकोट गाउँपालिका–३ निवासी हुन् ।

०७८ माघ ३ गते मुख्यमन्त्री शाहीले पत्रकार सम्मेलनमा भने आफू सल्लाहकार राख्ने पक्षमा नरहेको बताएका थिए । आर्थिक भार हुने भएकाले सल्लाहकार नराखेको उनको भनाइ थियो ।

यद्यपि, मंसिर ४ का लागि निर्वाचन घोषणा भइसकेको अवस्थामा भने उनले सल्लाहकार नियुक्त गरेका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस