विप्लवका कार्यकर्ताले जनक शिक्षा सामग्री केन्द्र प्रमुखलाई दले​ कालोमोसो « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

विप्लवका कार्यकर्ताले जनक शिक्षा सामग्री केन्द्र प्रमुखलाई दले​ कालोमोसो


५ भाद्र २०७९, आइतबार


काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेशका प्रमुख धनबहादुर केसीलाई कालोमोसो दलिएको छ ।

शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि कर्णालीमा पाठ्यपुस्तक नपुर्‍याएको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ निकट नेकपाको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले केसीलाई कालोमोसो दलेको हो । 

विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य समेत रहेका सुर्खेत जिल्ला इन्चार्ज तुलाराम तिरुवाले एक विज्ञप्ति जारी गर्दै केसीलाई जनकारबाही गरिएको बताए । उनले मनोमानी तरिकाले पुस्तक वितरण गरी पुस्तक व्यवसायीसँग करोडौँ कमिसन खाएको, हुम्ला, जुम्ला, डोल्पा लगायतका दुर्गम जिल्लाको विल बनाई किताब सुर्खेतमा वितरण गरेको र लाखौँ रकम ढुवानीबाट कमिसन खाएको आरोप लगाएका छन् । साथै उनले सरकारी कार्यालयलाई निजी पैतृक सम्पत्तिको रूपमा प्रयोग गर्ने र कार्यालयमा विवाह, व्रतबन्ध जस्ता कार्यक्रम गरेको आरोप लगाए ।  

केसीलाई उनको कार्यकक्षमै कालोमोसो दलिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सुरज कार्कीले कालोमासो दल्ने व्यक्तिहरूको खोजी भइरहेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस