शिक्षक सेवा आयोग : विभिन्न तह तृतीय श्रेणीको नतिजा सार्वजनिक गर्ने तयारी  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

शिक्षक सेवा आयोग : विभिन्न तह तृतीय श्रेणीको नतिजा सार्वजनिक गर्ने तयारी 


५ भाद्र २०७९, आइतबार


काठमाडौँ । शिक्षक सेवा आयोगले गत असारमा लिएको विभिन्न तहको तृतीय श्रेणीको शिक्षक पदको परीक्षाको नतिजा असोजदेखि मंसिरसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।

आयोगले २०७९/८० का लागि नयाँ वार्षिक कार्यतालिका सार्वजनिक गर्दै असोज मसान्तसम्म प्राथमिक, निम्न माध्यमिक तहको द्वितीय र प्रथम श्रेणी बढुवाको नतिजा सार्वजनिक गर्ने र असोज मसान्तसम्म सिफारिस गर्ने जनाएको छ । त्यस्तैगरी खुलातर्फ माध्यमिक, तृतीय असोज/कात्तिकमा नतिजा निकाल्ने र मंसिरमा अन्तर्वार्ता गरी पुसमा सिफारिस गर्ने जनाएको छ ।

कार्यतालिका अनुसार निम्न माध्यमिक, तृतीयको नतिजा कात्तिक/मंसिरमा अन्तरवार्ता पुसमा र सिफारिस माघभित्र हुनेछ । प्राथमिक, तृतीयको कात्तिक/मंसिरमा र अन्तर्वार्ता माघ/फागुनमा र सिफारिस फागुन/चैतमा हुनेछ ।

आयोगले कार्यतालिका भन्दा पछाडि नजाने जिकिर गरेको छ । आयोगका प्रवक्ता सुर्दशन मरहठ्ठाले भने ‘हामी कार्यतालिका भन्दा पछाडि जान मिल्दैन । जाँदैनौं पनि बरु अगाडि गर्न सक्छौँ ।’ आयोगले असार ९ गते मावि तह, असार ११ गते निमावि तह र १३ गते प्रावि तहको विषयगत परीक्षा सञ्चालन गरेको थियो ।

आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र असोजमा नतिजा सार्वजनिक गर्ने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस