व्यावसायिक दक्षता नहुँदा सरकारी संस्था घाटामा गए : अर्थमन्त्री शर्मा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

व्यावसायिक दक्षता नहुँदा सरकारी संस्था घाटामा गए : अर्थमन्त्री शर्मा


५ भाद्र २०७९, आइतबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले व्यावसायिक दक्षता नहुँदा सरकारले सञ्चालन गरेका संस्थाले घाटा व्यहोर्नु पर्ने अवस्था आएको बताएका छन् । 

आइतबार महालेखा परीक्षकको कार्यालयले सङ्गठित संस्थाका पदाधिकारी तथा लेखापरीक्षकसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

मन्त्री शर्माले व्यावसायिक दक्षताभित्र ज्ञान, इच्छाशक्ति, संस्थाप्रतिको इमान्दारीता र उत्तरदायित्व पर्ने बताए । जसमध्ये पहिलो कुरा इच्छाशक्ति पर्ने उनले बताएका छन् ।

मन्त्री शर्माले एउटै प्रकृतिका संस्थामा निजी क्षेत्रले गर्दा आउने परिणाम र सरकारी क्षेत्रले गर्दा आउने अलग परिणामको पछाडिको अर्थ के भन्दै प्रश्न समेत गरे । 

मन्त्री शर्माले सरकारी संस्थाहरूमा व्यावसायिक प्रतिस्पर्धाको चेतनाको समस्या भएको भन्दै यसका लागि तालिमको व्यवस्था गर्नुपर्ने धारणा राखे ।

Tags :
प्रतिक्रिया दिनुहोस