चुनाव बिथोल्न खोज्नेलाई ठाउँको ठाउँ कारबाही गर्छौँ : प्रमुख निर्वाचन आयुक्त थपलिया « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चुनाव बिथोल्न खोज्नेलाई ठाउँको ठाउँ कारबाही गर्छौँ : प्रमुख निर्वाचन आयुक्त थपलिया


५ भाद्र २०७९, आइतबार


काठमाडौँ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले चुनाव बिथोल्न खोज्नेलाई तत्काल कारबाही गर्ने व्यवस्था मिलाइने बताएका छन्। 

आइतबार ललितपुरको होटेल हिमालयमा आयोजित पत्रकारहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले निर्वाचन बिथोल्न खोज्नेलाई कारबाही गर्ने बताएका हुन्। यसका लागि सरकारले पनि आवश्यक बन्दोबस्ती गर्न भनेको बताए। 

यसअघि भएका चुनावहरूमा बिथोल्नेहरूलाई कारबाही गर्ने पद्धति अवलम्बन नगर्दा समस्या आएको उनले बताए।

यसलाई नियमन गर्न निर्वाचन आयोगमा पनि छुट्टै समिति बनेको र छलफल गरिने पनि उनले बताए। 

यस्तै निर्वाचनको सुरक्षा अभावका कारण मतदान रोकियो, पुनस् मतदान गर्नुपर्ने अवस्था आयो भने कुनै पनि हालतमा स्वीकार्य नहुने उनले बताए। त्यसैले सरकारबाट भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने सुनिश्चितता प्रदान गर्नुपर्ने उनले बताए। 

उनले निर्वाचन सुरक्षाको विषय बलले नभई मनोबलले गर्ने बताए। सुरक्षा सङ्ख्याले नभई इच्छाशक्ति र मानसिकताले गर्ने उनले बताए । 

विगतमा भएका निर्वाचनका घटनाहरूलाई लिएर निर्वाचन आयोगले मतदान केन्द्र तथा मतदान स्थलको संवेदनशीलताबारे विश्लेषण गरिएको उनले बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस