आयोगले माग्यो चुनावका लागि १० अर्ब ९८ करोड « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आयोगले माग्यो चुनावका लागि १० अर्ब ९८ करोड


५ भाद्र २०७९, आइतबार


काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारसँग बजेट मागेको छ ।

१० अर्ब ९८ करोड रुपैयाँ बजेट माग गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । पौडेलका अनुसार बजेटका लागि शनिबार नै अर्थ मन्त्रालयमा पत्र पठाइएको छ ।

आउँदो मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस