सिंहदरवारका तीन वटै गेटमा पर्चा बाँडिँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सिंहदरवारका तीन वटै गेटमा पर्चा बाँडिँदै


५ भाद्र २०७९, आइतबार


काठमाडौँ । कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन ल्याउन भन्दै सिंहदरवार प्रवेश गर्ने सबै गेटमा पर्चा बाडिँदैछ । संयुक्त ट्रेड युनियन सञ्जालद्वारा घोषणा गरिएका आन्दोलनका कार्यक्रममध्ये आज(आइतबार) बिहान ९ बजेदेखि १०ः३० बजेसम्म सिंहदरवार गेटमा पर्चा बाँड्न सुरु गरेको हो ।

संघीय निजामती सेवा ऐन सम्बद्ध सबै कर्मचारी, सेवाग्राही र ट्रेड युनियनमैत्री बनाउन दबाब स्वरूप पर्चा वितरण गरेको नेपाल निजामती कर्मचारी सङ्गठनका उपमहासचिव रामचन्द्र अधिकारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस