नेता गिरिको निधनमा सिराहाको लहानमा शोक बिदा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेता गिरिको निधनमा सिराहाको लहानमा शोक बिदा


५ भाद्र २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधन भएको शोकमा सिराहाको लहानमा बिदा दिइएको छ ।

नगर क्षेत्रभित्र शोक बिदा दिइएको मेयर महेशप्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार नगरपालिकाभित्रका क्याम्पसहरू, शैक्षिक प्रतिस्ठानहरू र उद्योग बाणिज्य संघ पनि बन्द रहने छन् ।

मेयर चौधरीले भने, ‘उहाँ हाम्रो प्रतिनिधि सभा सदस्य हुनुहुन्थ्यो, त्यसैले नगर मातहमतमा रहेका कार्यालयमा शोक बिदा दिइएको छ । उद्योगी व्यवसायीहरूले पनि बजार बन्द गर्ने निर्णय गर्नु भएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस