आजबाट ५० जिल्लामा १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप लगाइने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आजबाट ५० जिल्लामा १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप लगाइने


५ भाद्र २०७९, आइतबार


काठमाडौँ । आजबाट ५ वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा दिइने भएको छ । दोस्रो चरण अन्तर्गत कोभिड विरुद्धको फाइजर खोप आजबाट दिन लागिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइनेछ भने २७ भदौ देखी १ असोजसम्म दोस्रो मात्रा खोप सञ्चालन हुनेछ ।

प्रदेश १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर तथा मधेस प्रदेशका बारा, रौतहट र सर्लाही, बागमती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा र सिन्धुपाल्चोकमा खोप दिइने छ।

यसै गरी गण्डकी प्रदेशका बागलुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँ तथा लुम्बिनी प्रदेशका कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा र पूर्वी रुकुममा सोही अवधिमा खोप लगाइने छ।

कर्णाली प्रदेशका पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख, जाजरकोट रहेका छन्। सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालबालिकालाई फाइजर खोप दिइनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस