न्यूनतम पारिश्रमिकको माग गर्दै कर्मचारी ४ दिनदेखि धर्नामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

न्यूनतम पारिश्रमिकको माग गर्दै कर्मचारी ४ दिनदेखि धर्नामा


५ भाद्र २०७९, आइतबार


काठमाडौँ । सामुदायिक विद्यालयका कर्मचारी न्यूनतम पारिश्रमिकको माग गर्दै ४ दिनदेखि धर्ना बसेका छन् ।

श्रम ऐनले तोकेअनुसार सरकारले न्यूनतम पारिश्रमिक पनि उपलब्ध नगराएको भन्दै विद्यालय कर्मचारी परिषद्ले काठमाडौँ केन्द्रित आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

विद्यालयका कर्मचारी (लेखापाल र कार्यालय सहयोगी)ले शनिबार दिनभर माइतीघर मण्डलमा धर्ना दिएका थिए ।

बुधबार सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना दिएर उनीहरूले आन्दोलनको सुरु गरे । ५० भन्दा बढी जिल्लाका लेखापाल र कार्यालय सहयोगीले कामकाज छाडेर आन्दोलन सुरु गरेका हुन् ।

केन्द्रमा धर्ना दिँदा माग सुनुवाइ नभएकाले माइतीघरमा आन्दोलन थालेको परिषद्ले जनाएको छ । विद्यालय कर्मचारी बिहीबार केन्द्रमा तालाबन्दी गरेका थिए । प्रहरीले ताला फुटाएपछि माइतीघरमा धर्ना थालिएको परिषद्ले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस