टर्कीमा सवारी दुर्घटना : ३२ जनाको मृत्यु, दर्जनौँ घाइते « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

टर्कीमा सवारी दुर्घटना : ३२ जनाको मृत्यु, दर्जनौँ घाइते


५ भाद्र २०७९, आइतबार


एजेन्सी । शनिबार दक्षिण पूर्वी टर्कीमा भएका दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ।

पहिलो दुर्घटनामा आपत्कालीन मजदुर र पत्रकारसहित १६ जनाको मृत्यु भएको दक्षिण पूर्वी प्रान्त गाजियन्टेपका क्षेत्रीय गभर्नर दाउट गुलले बताए।
दुर्घटनामा अन्य २० जना घाइते भएका छन् र उनीहरूको उपचार भइरहेको छ।

त्यस्तै, मार्डिनको डेरिक जिल्लामा भएको अर्को दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्। दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस