प्रधानमन्त्री देउवाद्वारा प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री देउवाद्वारा प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त


५ भाद्र २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन्।

प्रधानमन्त्री देउवाले एक ट्विट गर्दै भनेका छन्, ‘नेपाली काँग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु।’ उनले नेता गिरीको निधनले नेपालको एक सच्चा र असल नेता गुमाएको बताए।

प्रधानमन्त्री देउवाले दिवंगत नेता गिरीको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्।

क्यान्सर रोगबाट पीडित नेता गिरीको शनिबार राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस