जुम्लामा कर्मचारीबाटै कुटिए डाक्टर « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

जुम्लामा कर्मचारीबाटै कुटिए डाक्टर


४ भाद्र २०७९, शनिबार


सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लाका एक जना चिकित्सकमाथि कुटपिट भएको छ ।

अस्पतालको आकस्मिक विभागमा कार्यरत डा। करण साहलाई प्रतिष्ठानकै प्रशासनतर्फका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका हुन् ।

प्रतिष्ठानकै कर्मचारी शाही छोराको टाँका काट्न भन्दै इमरजेन्सी विभागमा पुगेको र तत्कालका लागि बिरामी हेर्न व्यस्त रहेको जनाउँदै डा. साहले बिहान ११ बजेका लागि बोलाएका थिए । सोही विषयमा उनीहरूबिच विवाद हुँदा शाहीले डाक्टरमाथि हातपात गरेको नेपाल चिकित्सक सङ्घ जुम्ला जनाएकाे छ ।

सीसीटीभी फुटेजमा चिकित्सकमाथि हातपात भएको प्रस्टै देखिन्छ । कर्मचारीले डिउटीमा रहेका चिकित्सकमाथि हातपात गर्न गल्ती हो । घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ ।

डा. साहले आफूमाथि हातपात गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित चिकित्सकले निवेदनसँगै सीसीटीभी फुटेज पनि प्रहरी प्रशासन कार्यालयमा पेस गरेका छन् । कर्मचारी शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

घटना बिहीबारको भए पनि डाक्टर साहमाथि कुटपिट गरेको भिडियो भने शुक्रबार बेलुका सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उक्त भिडियो शेयर गर्दै चिकित्सक कुट्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने माग गरिएको छ । शाहीको कुटाइबाट डा. साहको टाउको र पेटमा चोट लागेको छ ।

शिक्षण अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकहरूले डा. साहमाथि कुटपिट गर्ने कर्मचारीलाई कारबाहीको माग गर्दै आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेका छन् । उनीहरूले विज्ञप्ति जारी गर्दै आइसियु, इमरजेन्सी र एनआईसीयू बाहेकको सबै सेवा बन्द गर्ने चेतावनीसमेत दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस