दिल्लीका उपमुख्यमन्त्रीसहित १५ जना आरोपीविरुद्ध एफआईआर दर्ता « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

दिल्लीका उपमुख्यमन्त्रीसहित १५ जना आरोपीविरुद्ध एफआईआर दर्ता


४ भाद्र २०७९, शनिबार


काठमाडौँ । सीबीआईले शुक्रबार दिल्लीका उपमुख्यमन्त्री तथा शिक्षामन्त्री मनिष सिसोदियाको निवाससहित देशका सात राज्यका करिब २० ठाउँमा छापा मारेको छ ।

समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै सीबीआईले यस सम्बन्धमा एफआईआर दर्ता गरेको बताएको छ। यसमा सिसोदियासहित १५ जनालाई आरोपी बनाइएको छ ।

यो एफआईआर छापा मार्नु भन्दा दुई दिन अघि अगस्त १७ मा दर्ता गरिएको हो। एफआईआरमा अन्तःशुल्क विभागका अधिकारी, रक्सी कम्पनीका अधिकारी र डिलरको नाम समावेश छ। यससँगै अज्ञात सरकारी अधिकारी र निजी व्यक्तिको नाम पनि राखिएको छ ।

अभियुक्तहरूमाथि षड्यन्त्र गरेको अभियोगमा दफा १२०(बी, लेखा हेरफेर गरेको आरोपमा ४७७(ए र भ्रष्टाचार निवारण ऐनको दफा ७ अन्तर्गत मुद्दा चलाइएको छ। एफआईआरमा सिसोदिया बाहेक अर्वा गोपी कृष्ण, आनन्द तिवारी, पंकज भटनागर, विजय नायर, मनोज राई, अमनदीप ढल, समीर महेन्द्रु, अमित अरोरा, दिनेश अरोरा, सन्नी मारवाह, अरुण रामचन्द्र पिल्लै, अरुण पाण्डे, बडी रिटेल प्रालि र महादेव लिकरको नाम राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस