गठबन्धनका शीर्ष नेताहरूलाई कार्यदलले गर्‍यो ब्रिफिङ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गठबन्धनका शीर्ष नेताहरूलाई कार्यदलले गर्‍यो ब्रिफिङ


३ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेता र चुनावी तालमेलको गृहकार्यका लागि गठित कार्यदलबिच आज छलफल भएको छ । कार्यदलले आज नेताहरूलाई हालसम्मको प्रगतिबारे ब्रिफिङ गरेको थियो ।

बैठकपछि पत्रकारहरूसँग बोल्दै सञ्चारमन्त्री तथा कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले नेताहरूबाट कार्यदललाई चाँडो आफ्नो कार्यसम्पादन गर्न निर्देशन भएको जानकारी दिए ।

‘साझा अवधारणा बनाउने जिम्मेवारी पनि कार्यदललाई नेताहरूले दिनुभएको छ, हामी चाँडै निष्कर्षमा पुर्‍याउने बाटोमा लैजादैछौं,’ उनले भने ।

प्रतिनिधिसभा र प्रदेशसभाका सिटहरूको बाँडफाँड एकै चोटि गरिने पनि उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस