कर्मचारीबीचको विभेद हटाउनुपर्नेमा श्रममन्त्री कुँवरको जोड « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कर्मचारीबीचको विभेद हटाउनुपर्नेमा श्रममन्त्री कुँवरको जोड


३ भाद्र २०७९, शुक्रबार


काठमाडौँ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले कर्मचारीबीचको विभेदलाई हटाउनुपर्नेमा बताएका छन् ।  

शुक्रबार काठमाडौँमा आयोजित अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घको चौथो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री कुँवरले कर्मचारी कर्मचारीबीचको विभेदलाई हटाई सबै कर्मचारीहरूमा समानता हुनुपर्ने बताएका हुन्  

अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरुकातर्फबाट आफ्नो मन्त्रालयमा डेलिगेसन पुगेको बताउँदै मन्त्री कुँवरले आफ्नोतर्फबाट त्यसबारे आवश्यक पहल भइसकेको जानकारी समेत दिए ।

मन्त्री कुँवरले तीन वर्षअघि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागु गरेकाले त्यसमा अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरू समेटिनुपर्ने बताए । सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनका लागि आफ्नो मन्त्रालयको पहलमा करिब ६० हजार अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरूको तथ्याङ्क सङ्कलन गरी अर्थ मन्त्रालयमा फाइल पठाइसकिएको पनि उहाँले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई मन्त्री कुँवरले त्यस फाइलबारे आवश्यक निर्देशन गरिदिन समेत आग्रह गरे । जवाफमा अध्यक्ष प्रचण्डले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा बखत अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरूको सेवा सुविधामा हेरफेर गरेको स्मरण गराउँदै आफू जहिले पनि मदजुरहरुको पक्षमा रहेकाले करार र ज्यालादारी कर्मचारीका उचित मागबारे सरकार र सम्बन्धित निकायमा पहल गर्ने आश्वासन दिएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस