पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै सदीय समितिमा उजुरी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै सदीय समितिमा उजुरी


३ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चले पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै आयल निगमविरुद्ध संसदीय समितिमा निवेदन दिएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा तत्काल इन्धनको मूल्य घटाउन माग गर्दै मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले निवेदन दिएका हुन् । केही दिनदेखि इन्धनको मूल्य निरन्तर घटे पनि निगमले मूल्य नघटाएको निवेदनमा उल्लेख छ ।

‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ३ महिनादेखि लगातार घट्दै आएको र इन्डियन आयल कर्पोरेसनले समेत विगत २ महिनादेखि नेपाल आयल निगमलाई घटेकै मूल्यमा पेट्रोलियम पदार्थको आपूर्ति गर्दै आएको छ । तर पनि नेपाल आयल निगमले विभिन्न बहानामा मूल्य घटाएको छैन,’ मञ्चले भनेको छ, ‘मूल्य बढ्दा स्वचालित मूल्य प्रणाली भन्दै मूल्य बढाउने तर अन्तर्राष्ट्रिय मूल्य घट्दा मूल्य नघटाउँदा उपभोक्ता मारमा परेका छन् ।’

निगमले बेइमानी कपटपूर्ण व्यवहार गरी उपभोक्ता ठग्ने काम गरेको भन्दै मञ्चले तत्काल समितिले पहल कदम लिइ मूल्य घटाइ नागरिकलाई राहत दिलाउनु पर्ने पनि निवेदनमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस