सबै कर्मचारीले आत्मसम्मानका साथ काम गर्ने वातावरण पाउनुपर्छ : प्रचण्ड « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सबै कर्मचारीले आत्मसम्मानका साथ काम गर्ने वातावरण पाउनुपर्छ : प्रचण्ड


३ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै कर्मचारीले आत्मसम्मानका साथ काम गर्ने वातावरण पाउनुपर्ने बताएका छन् ।

अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनको काठमाडौंमा उद्घाटन गर्दै प्रचण्डले आफ्नो पार्टी श्रमिकको पक्षमा र सामाजिक सुरक्षाको पक्षमा लड्दै आएको बताए ।

‘मैले प्रधानमन्त्रीको बहन गर्ने अवसर पाउँदा अस्थायी र ज्यालादारी कर्मचारीको सेवा सुविधाको विषयमा हेरफेर गर्ने अवसर प्राप्त भयो । तपाईँहरूको ज्याला बढ्नुपर्छ भनेर पहल गरेको व्यक्ति हुनुको नाताले मैले अहिले पनि थप पहल गर्ने विश्वास दिलाउन चाहन्छु’ प्रचण्डको भनाई छ ।, ‘निजामती सेवा ऐनलाई अन्तिम रूप दिन लागेकाले अब संसदबाट पारित गर्ने चरणमा छ ।’

अस्थायी करार तथा ज्यालादारी कर्मचारीले निजामती कर्मचारी सरह सुविधा पाउनुपर्‍यो भन्नु जायज माग भएको प्रचण्डको भनाई छ । महँगी भक्ता, स्वास्थ्य वीमा र योगदानमा आधारित सामाजिक सुरक्षाको व्यवस्था हुनुपर्ने बताए ।

अस्थायी करार र ज्यालादारी कर्मचारीको फाइल अर्थ मन्त्रालयमा पुगेको बताउँदै प्रचण्डले त्यसमा पार्टीको तर्फबाट सकारात्मक भूमिका खेल्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस