बलात्कार आरोपित दुई कराँते प्रशिक्षकविरुद्ध मुद्दा दर्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बलात्कार आरोपित दुई कराँते प्रशिक्षकविरुद्ध मुद्दा दर्ता


३ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । एक किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका विराटनगरका दुई कराँते प्रशिक्षकविरुद्ध बलात्कार मुद्दा दर्ता गरिएको छ ।

विराटनगर महानगरपालिका-३ का ५० वर्षीय विनोद राउत र विराटनगर-४ का ५० वर्षीय सुरज सुवेदीविरुद्ध जिल्ला अदालत मोरङमा जबरजस्ती करणी मुद्दा दर्ता गरिएको हो ।

सरकारी वकिलको कार्यालय मोरङका अनुसार करणी मुद्दामा सातदेखि १० वर्षसम्म कैद र सामूहिक जबरजस्ती करणी गरेकामा थप पाँच वर्ष कैद सजाय तथा पीडितलाई तीन लाख रुपैयाँ क्षतिपूर्तिको माग दाबी गर्दै मुद्दा दर्ता गरिएको छ ।

आउँदो आइतबारदेखि प्रतिवादीको थुनछेक बहस सुरु हुने जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

किशोरीमाथि बलात्कार गरेको आरोपमा ती दुवै कराँते प्रशिक्षक गएको साउन ८ गते पक्राउ परेका थिए । सुनसरीको इटहरी घर भई विराटनगरस्थित एक कलेजमा अध्ययनरत छात्रामाथि राउत र सुवेदीले पटक–पटक बलात्कार गरेको आरोप छ ।

सुवेदी छात्रा पढ्ने कलेजकै ‘डिसिप्लिन म्यानेजर’ समेत हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस