बैतडी कारागारमा १६ जनामा कोरोना संक्रमण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बैतडी कारागारमा १६ जनामा कोरोना संक्रमण


३ भाद्र २०७९, शुक्रबार


बैतडी । उच्च ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि स्वस्थ्य परीक्षण गर्दा बैतडी कारागारका १६ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ । कैदीबन्दीमा उच्च ज्वरो र रुघाखोकीको लक्षण देखिए पछि कारागारमा स्वास्थ्यकर्मी बोलाएर परिक्षण गर्दा १६ जनामा कोरोना संक्रमण देखिएको हो ।

बुधवार ४ जनाको पीसीआर परिक्षण गर्दा कोरोना पुष्टी भए पछि बिहिबार सबै कैदीबन्दी बन्दीको परिक्षण गरिएको थियो, जसमा थप १२ जनामा कोराना पुष्टी भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस