नागरिकता विधेयकमाथि एमालेले राजनीतिक गरिरहेको छ : पुन « प्रशासन
Logo २१ आश्विन २०७९, शुक्रबार
   

नागरिकता विधेयकमाथि एमालेले राजनीतिक गरिरहेको छ : पुन


२ भाद्र २०७९, बिहिबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीतिक गरिरहेको आरोप लगाएका छन् ।

नागरिकताबाट बञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी आएको सो विधेयक संसदबाट पारित गराउन सहयोग गर्न पनि उनले एमालेलाई आग्रह गरे ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै नेता पुनले वैबाहिक अंगीकृत नागरिकताको विषयमा पछि पनि छलफल गरेर त्यसलाई परिमार्जन गर्न सकिने भएकाले अहिलेलाई सो विधेयक पारित गराउने काममा सबै राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस