यी हुन् धेरै दिन गयल हुने सांसदहरू (सूचीसहित) « प्रशासन
Logo २१ आश्विन २०७९, शुक्रबार
   

यी हुन् धेरै दिन गयल हुने सांसदहरू (सूचीसहित)


२ भाद्र २०७९, बिहिबार


sanghiya sansad

काठमाडौँ । संसदमा सबैभन्दा बढी समय अनुपस्थित हुने १५ जना सांसदहरूको नामावली सार्वजनिक भएको छ ।

सबैभन्दा लामो समय बिदा बस्ने सांसद नवराज रावत छन् । उनी साउन ३ गतेदेखि भदौ २२ गतेसम्म बिदामा छन् । संसद सचिवालयले सार्वजनिक गरेको विवरण अनुसार उनी निजी कामका लागि अमेरिका भ्रमणमा छन् ।

सभामुख अग्नि सापकोटाले आजको संसद बैठकमा लगातार १० दिन वा सोभन्दा बढी समयसम्म गयल हुने सांसदहरूको नामावली प्रस्तुत गरेका हुन् ।

धेरै गयल हुने सांसदहरूमा भिमसेनदास प्रधान, प्रदीप गिरी, तुल्सी थापा, गङ्गा चौधरी, धर्मशिला चापागाईँ, रघुवीर महासेठ, जुली कुमारी महतो, शान्ता चौधरी, कर्मा घले छन् ।

यसैगरी सुरेश चन्द्र दास, शिवकुमार मण्डल, निर्जला राउत, नवराज रावत र विनोद कुमार चौधरी, नागेन्द्र कुमार पनि धेरै गयल हुने सांसदहरूको सूचीमा परेका छन् ।
सूची:

Tags :
प्रतिक्रिया दिनुहोस