ग्लोबल आइएमई बैंकको भिडियोमार्फत ग्राहक पहिचान सेवाको सुरुवात « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ग्लोबल आइएमई बैंकको भिडियोमार्फत ग्राहक पहिचान सेवाको सुरुवात


२ भाद्र २०७९, बिहिबार


काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइन भिडियोमार्फत ग्राहक पहिचान (भिकेवाइसी) सेवाको सुरुवात गरेको छ ।

बैंकका नयाँ ग्राहकले अनलाइनमार्फत खाता खोली भिडियो केवाइसीमार्फत आफ्नो पहिचान गरी खाता सुचारु गर्न सक्ने सेवा सुरु गरिएको हो ।

बैंकमा नयाँ खाता खोल्ने ग्राहकले खाता खोल्नलगायत केवाइसी फाराम भर्न बैंक नै धाउनुनपर्ने जनाइएको छ । नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजात प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियोमार्फत गर्न सकिने बैंकले जनाएको छ । बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेकोमा भिडियो केवाइसी अझ प्रभावकारी हुने बैंकले विश्वास व्यक्त गरेको छ ।

यो सेवाबाट फरक क्षमता भएका व्यक्तिगत ग्राहक, विदेशमा बसोबास गर्ने नेपाली नागरिकले विश्वको कुनै पनि ठाउँबाट भिडियो केवाइसी सेवामार्फत अनलाइनबाटै बैंकमा खाता खोल्न सक्ने जनाइएको छ ।

हाल बैंकले देशको ७७ वटै जिल्लामा दुई सय ८९ शाखा, दुई सय ७० एटिएम, दुई सय ७५ शाखा रहित बैङ्किङ सेवा, ५२ एक्सटेन्सन तथा राजस्व सङ्कलन र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस