सालकको खपेटासहित एकजना पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सालकको खपेटासहित एकजना पक्राउ


१ भाद्र २०७९, बुधबार


काठमाडौँ। काठमाडौँ महानगरपालिका-२६ कपुरधारास्थित सार्वजनिक यात्रु प्रतीक्षालयबाट दुर्लभ वन्यजन्तु सालकको खपेटासहित एकजना पक्राउ परेका छन् ।

दुई किलोग्राम खपेटासहित काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने धादिङ धुनिवेँशी नगरपालिका-९ घर भएका २३ वर्षीय विजय तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस