पूर्व वडाध्यक्षसहित माओवादीका सयौँ कार्यकर्ता एमालेमा प्रवेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पूर्व वडाध्यक्षसहित माओवादीका सयौँ कार्यकर्ता एमालेमा प्रवेश


१ भाद्र २०७९, बुधबार


जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा नेकपा माओवादी केन्द्रका पूर्व वडाध्यक्षसहित सयौँ कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

मङ्गलवार विदेह नगरपालिका ४ ठाढीमा आयोजित एक कार्यक्रमबिच पूर्व वडाध्यक्ष विनोद रोहितमानसहित माओवादीका ११८ कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

एमाले नेता एवं नगर अध्यक्ष लखन दासले नव प्रवेशीहरुलाई फुलमाला र दोसल्ला ओढाएर पार्टीमा स्वागत गरेका छन् ‌।

Tags :
प्रतिक्रिया दिनुहोस