निहारिका प्रकरणमा आरोपित श्रेष्ठ पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

निहारिका प्रकरणमा आरोपित श्रेष्ठ पक्राउ


३१ श्रावण २०७९, मंगलबार


पक्राउ

काठमाडौँ । निहारिका राजपूत प्रकरणका आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले श्रेष्ठलाई पक्राउ गरेको प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए ।

आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै आएकी धनुषाकी निहारिका राजपूतले आरोपी शिवराज श्रेष्ठलाई कारबाहीको माग गर्दै सन्तानको डिएनए परीक्षणको माग गर्दै आएकी छिन् । 

काठमाडौँको माइतीघर मण्डला र वसन्तपुरमा यसअघि आमरण अनशनमा बसेकी उनले पछिल्लो समय राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयाससमेत गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस