चुनाव बहिष्कारको बाटोमा अग्रसर विप्लव « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चुनाव बहिष्कारको बाटोमा अग्रसर विप्लव


३१ श्रावण २०७९, मंगलबार


काठमाडौँ । महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहितका नेताहरुमाथि पक्राउ पुर्जी जारी भएपछि नेकपा निर्वाचन बहिष्कारको बाटोमा अग्रसर हुने देखिएको छ ।

संसद बाहिरका कम्युनिस्ट पार्टीहरूसँग मोर्चाबन्दी गरेर चुनावमा सहभागी हुने तयारीमा लागेको नेकपा र नेकपा बहुमतका नेताहरुका नाममा जिल्ला अदालत, ललितपुरले १६ साउनमा ३५ दिने म्यादसहित पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी भएलगत्तै पार्टीको कार्यालय शिवगढी कपिलवस्तुमा बसेको केन्द्रीय समिति बैठकमा विप्लवले सरकारले यस्तै व्यवहार जारी राखे संघर्षमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।

नेकपाका स्थायी समिति सदस्य सन्तोष बुढामगरले सरकार तीन बुँदे सहमति कार्यान्वयमा इमान्दार नदेखिएको भन्दै यस्तै अवस्था रहे चुनावमा जान अप्ठेरो पर्ने बताए ।

उनले भने, ‘सरकारले हामीसँग भएको तीनबुँदे सहमति कार्यान्वयन नगर्ने र उल्टै पार्टी नेतृत्वविरुद्ध पक्राउ पुर्जी जारी गरेको अवस्था छ । षडयन्त्रको यो तरिका ठीक छैन । सरकारले कस्तो रवैया देखाउँछ भन्ने कुराले हामी चुनावमा जानसक्ने वा नसक्ने निर्धारण गर्छ ।’

तीनबुँदे सहमति कार्यान्वयनमा आफ्नो पार्टी प्रतिबद्ध रहेपनि सरकार इमान्दार नहुँदा आशंका उब्जिएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस