नागरिकता विधेयकमा सभामुखले थाले परामर्श « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नागरिकता विधेयकमा सभामुखले थाले परामर्श


३१ श्रावण २०७९, मंगलबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि फिर्ता भएको नागरिकता विधेयक ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे परामर्श थालेका छन् ।

आइतबार राष्ट्रपतिबाट संदेशसहित फिर्ता भएको नागरिकता विधेयक सोमबार संघीय संसदमा पुगेको थियो । लगत्तै सभामुखले यो विधेयक अगाडि बढाउने सन्दर्भमा सरकारको सोच र तयारी बुझ्न गृहमन्त्री बालकृष्ण खाँड र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीलाई छलफल गरे ।

सरकारले राष्ट्रपतिको संदेशबारे सदनलाई जानकारी दिने कार्यसूची राख्न भनेपछि मंगलबार प्रतिनिधिसभामा राष्ट्रपतिको संदेशबारे जानकारी गराउने कार्यसूची तय भएको छ।

राष्ट्रपतिको संदेशबारे सदनलाई जानकारी गराएपछि अगाडि बढाउने विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलहरूको एउटै धारणा तय हुन सकेको छैन ।

सरकारको नेतृत्वकर्ता दल नेपाल काँग्रेस फास्ट ट्रयाकमा नागरिकता विधेयक पारित गराउनुपर्ने पक्षमा छ भने गठबन्धनमा रहेका अन्य दलहरू राष्ट्रपतिले पठाएको संदेशका सन्दर्भमा के गर्ने हो एकीकृत धारणा तय गर्नुपर्ने पक्षमा छन् ।

सभामुख सापकोटाले संसद सचिवालयका कर्मचारीहरू लगायतसँग समेत नागरिकता विधेयक केन्द्रित छलफल छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस