पेरिसडाँडामा पीडित किसानको धर्ना, भू-माफियामाथि कारबाही गर्न माग « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पेरिसडाँडामा पीडित किसानको धर्ना, भू-माफियामाथि कारबाही गर्न माग


३१ श्रावण २०७९, मंगलबार


काठमाडौँ । नक्कली जग्गाधनी खडा गर्ने र भ्रष्ट कर्मचारीलाई कारबाहीको माग गर्दै नवलपरासीका पीडित किसानहरूले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा धर्ना दिएका छन् ।

आफूले वर्षौदेखि  भोगचलन गर्दै आएको जग्गा नक्कली जग्गाधनी बनेर अर्कैको नाममा नामसारी गरेर भू-माफियाले जग्गा हडपेको भन्दै नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका-६ का  पीडित सङ्घर्ष समितिले आज बिहान माओवादीको पार्टी कार्यालय अगाडि धर्ना दिएका हुन् ।

आज पेसिसडाँडामा माओवादीको स्थायी कमिटीको बैठक बसिरहेको छ । बैठकस्थलमा धर्ना दिन पुगेका उनीहरूको नाममा भएको जग्गा भारतबाट आएर अर्के व्यक्तिले नक्कली जग्गाधनी बनेर उनीहरूको जग्गा हडपेपछि उनीहरू घरबारबिहीन भएका हुन् ।

६५ जना पीडित छन् । उनीहरूले काठमाडौँ आएर धर्ना दिएकोआज तीन दिन भयो ।

पीडित ब्यासमुनी चौधरीले आफ्नो जग्गा फिर्ता गराइदिन र भू-माफियालाई कारबाही गर्न अध्यक्षलाई ध्यानाकर्षण गराउन आएको बताए ।

अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले छानबिन गरेर २३ जनालाई निलम्बन समेत गरिसकेको छ । तर पक्राउ गरेको छैन । 

Tags :
प्रतिक्रिया दिनुहोस