होटेलमा महिला र पुरुष मृत भेटिए « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

होटेलमा महिला र पुरुष मृत भेटिए


३१ श्रावण २०७९, मंगलबार


काठमाडौँ । रुपन्देहीको बुटवलस्थित एक होटेलमा बास बसेका एक महिला र एक पुरुष मृत फेला परेका छन् । धादिङको कुमपुर घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा मृत फेला परेका हुन् ।

बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङ्जा कारीकोटे होटेलको कोठा नम्बर १३४ मा उनीहरू आइतबार राति सँगै बसेका थिए । 

सोमबार बिहान कोठामा जाँदा युवती पलङ्गमा उत्तानो परेको अवस्थामा र युवक कोठाको पङ्खामा झुण्डिएको अवस्थामा दुबै जना मृत फेला परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए ।

महिलाको थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन । तर उनका श्रीमान् विदेशतिर रहेको र एक/डेढ महिनादेखि हराएको भन्ने सुन्नमा आएको प्रहरी निरीक्षक घिमिरेले बताए ।

दुबैजनाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको उनले बताए । घटनाको अनुसन्धान चलिरहेको प्रहरी निरीक्षक घिमिरेको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस