९० किलो गाँजासहित एम्बुलेन्स र चालक प्रहरी नियन्त्रणमा « प्रशासन
Logo २१ आश्विन २०७९, शुक्रबार
   

९० किलो गाँजासहित एम्बुलेन्स र चालक प्रहरी नियन्त्रणमा


३१ श्रावण २०७९, मंगलबार


काठमाडौँ । लहान प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोप्य सूचनाको आधारमा को १ च ७५७७ नम्बरको एम्बुलेन्सलाई खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध ९० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको हो । 

इलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमार मैनालीको कमाण्ड खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको हो । चालक र एम्बुलेन्स गाँजासहित इलाका प्रहरी कार्यालय लहानमा राखिएको डिएसपी मैनालीले बताए । 

पूर्व पश्चिम लोकमार्गमा पूर्व जाँदै गरेको एम्बुलेन्सलाई  लहानबाट पक्राउ गरिएको हो । घटनाबारे चालकसँग सोधपुछको काम भइरहेको प्रहरीले जानकारी दिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस