निजगढ विमानस्थल अध्ययनका लागि गठित विज्ञ समूहले पायो पूर्णता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

निजगढ विमानस्थल अध्ययनका लागि गठित विज्ञ समूहले पायो पूर्णता


२९ श्रावण २०७९, आइतबार


काठमाडौँ । सरकारले निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गर्न गठित विज्ञ समूहले पूर्णता पाएको छ ।

हवाई पूर्वाधार इन्जिनियर वीरेन्द्रबहादुर देउजाको संयोजकत्वमा १० सदस्यीय विज्ञ समूहले पूर्णता पाएको हो ।

साउन १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले गठन गरेको विज्ञ समूहमा अर्थशास्त्री रामेश्वर खनाल, विकास योजनाविद् सूर्यराज आचार्य, शहरी विकासविद् संगीता सिंह, वनयजन्तुविद् प्रेमबहादुर बुढा, वनविज्ञान विशेषज्ञ सुरेशकुमार घिमिरे, मानवशास्त्री लक्ष्मी सिंह, पाइलट कृष्ण विक्रम पौडेल, कानुनविद् चन्द्रकान्त ज्ञवाली र हवाईरुट विशेषज्ञमा महेशकुमार बस्नेत रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार एक महिनाको समयावधि दिइएको विज्ञसमूहले चाँडै काम थाल्ने छ । विमानस्थल निर्माणका क्रममा काटिने रूख र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सतही भएको भन्दै २०७६ भदौमा सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि हालै जारी भएको परमादेशले ‘वस्तुगत र तार्किक रुपमा यकिन गर्न’ विज्ञ समूह गठन गर्न भनेको थियो ।

त्यसैमा टेक्दै प्राधिकरणको सञ्चालक समितिले सिफारिस गरेको आधारमा मन्त्रिपरिषद्ले देउजाको नेतृत्वमा विज्ञ समूह गठन गरेको हो ।

सर्वोच्चले निजगढमा विमानस्थल बनाउनुअघि ‘हवाई उडानको आर्थिक तथा प्राविधिक सम्भाव्यताबारे वातावरण, वन, वन्यजन्तु, हवाई उडान व्यवस्थापन, अर्थशास्त्री, समाजशास्त्री, प्रशासनविद्लगायत विषयगत विज्ञता भएका तटस्थ, निष्पक्ष तथा दक्ष विषयविज्ञहरूको समूहबाट उपलब्ध विकल्पहरूसहित वातावरणीय क्षतिलाई हरसम्भव न्यूनीकरण गर्ने उपाय पहिल्याउन’ परमादेश जारी गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस