प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित


२९ श्रावण २०७९, आइतबार


विकास र समृद्धि

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित भएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को दफावार छलफल सकिएसँगै अर्थमन्त्री जनार्दन शर्माले उठेका प्रश्नहरुको सन्दर्भमा जवाफ दिएका थिए ।

अर्थमन्त्री शर्माको जवाफपछि सभामुखको कुर्सीमा रहेकी उपसभामुख पुष्पा भुसालले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को सम्बन्धमा अर्थ समितिको प्रतिवेदनको क्रम संख्या १ देखि ११ सम्म उल्लेखित संशोधनहरुलाई निर्णयार्थ पस्तुत गर्न खोज्दा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्या गणना गरेर मात्रै अघि बढ्न अनुरोध गरे ।

लगत्तै ३ मिनेट घण्टी बजाएर गणपूरक संख्या गणना गर्दा एक चौथाई सदस्य संख्या ६९ जना उपस्थित हुनुपर्नेमा ६७ जनामात्रै सदस्य रहेकाले बैठक १५ मिनेटका लागि स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस