मंसिरको चुनावमा चार वटा मतपत्र, चुनाव चिह्न उम्मेदवारको मात्र « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

मंसिरको चुनावमा चार वटा मतपत्र, चुनाव चिह्न उम्मेदवारको मात्र


२९ श्रावण २०७९, आइतबार


काठमाडौँ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने दलहरुको चुनाव चिह्न मात्र मतपत्रमा राखिने भएको छ ।

निर्वाचन आयोगका अनुसार ४ मंसिरको चुनावमा प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक तथा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिक पद्धतिका गरी ४ वटा अलग अलग मतपत्र हुनेछ ।

आयोगले यो पटक प्रत्यक्षतर्फको मतपत्रमा प्रत्येक निर्वाचन क्षेत्रमा उमेदवारी दिएका उम्मेदवारको मात्र निर्वाचन चिह्न समावेश गरेर मत्रपत्र छापाई गर्ने सोच बनाएको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बताए ।

स्थानीय तह निर्वाचनमा दलहरुले गठबन्धन गरेपनि दर्ता भएका सबै दलको चुनाव चिह्न छापिएका कारण मतपत्र धेरै ठूलो हुनुका साथै धेरै मत बदर पनि भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस