इष्टर्न हाइड्रोपावरको आइपिओ खुला हुँदै « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

इष्टर्न हाइड्रोपावरको आइपिओ खुला हुँदै


२९ श्रावण २०७९, आइतबार


काठमाडौँ । इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आगामी भदौ ७ गतेदेखि प्रतिकित्ता रु १ सय अङ्कित दरमा रु ६ करोड २० लाख मूल्य बराबरको ६ लाख २० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्ने भएको हो ।

आयोजनाले प्रभाव पार्ने भोजपुर जिल्लाका स्थायी बासिन्दाले आगामी भदौ २१ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असोज ५ गतेसम्म न्यूनतम १० देखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।

कम्पनीले भोजपुरको पिखुवा खोलामा पाँच मेगावाट क्षमताको पिखुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

छ ।

Tags :
प्रतिक्रिया दिनुहोस