तीन निकायमा अध्यक्ष नियुक्त गर्ने सरकारको निर्णय  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

तीन निकायमा अध्यक्ष नियुक्त गर्ने सरकारको निर्णय 


२९ श्रावण २०७९, आइतबार


काठमाडौँ । सरकारले तीन निकायमा अध्यक्ष नियुक्त गरेको छ । 

अघिल्लो मन्त्रिपरिषद् बैठकले नेपाल औषधि लिमिटेड, हेटौँडा सिमेन्ट उद्योग लिमिटेड र उदयपुर सिमेन्ट उद्योग लिमिटेडको अध्यक्ष नियुक्त गरेको हो । 

प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरण अनुसार हेटौँडा सिमेन्टमा गणेश भेटवाल, उदयपुरमा केशव कुमार बस्नेत र औषधि लिमिटेडमा यज्ञ प्रसाद न्यौपानेलाई नियुक्त गरेको मन्त्रालयले स्रोतले जनाएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा गरिएको उक्त निर्णय सरकारले नै सार्वजनिक गरेको छैन । 

Tags :
प्रतिक्रिया दिनुहोस