चुनावका बेला नेपाल आउन प्रवासमा रहेका नेपालीलाई लिङ्देनको आग्रह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चुनावका बेला नेपाल आउन प्रवासमा रहेका नेपालीलाई लिङ्देनको आग्रह


२९ श्रावण २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशमा रहेका नेपालीहरूलाई चुनावका बेला नेपाल आउन आग्रह गरेका छन्।

मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ। लिङ्देन झापा ३ बाट उम्मेदवार हुँदैछन्। यसअघि पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

लिङ्देनले पार्टीको केन्द्रीय प्रवास विभागको आयोजनामा शनिबार भएको कार्यक्रममा विदेशमा रहेकालाई नेपाल आउन आग्रह गरेका हुन्।

‘समसामयिक राजनीति, प्रवासको सङ्गठन विस्तार र आसन्न निर्वाचनमा प्रवासको भूमिका’ विषयक भर्चुअल अन्तर्क्रियामा बोल्दै अध्यक्ष लिङ्देनले पार्टीका पक्षमा जनमत बढाउन आग्रह गरेका थिए।

‘प्रवासमा रहेका साथीहरूले पार्टीका पक्षमा जनमत बनाउन, सामाजिक सञ्जालको भरपुर सदुपयोग गर्न, आक्रामक ढंगबाट सङ्गठन विस्तार गर्न, निर्वाचनको बेला सङ्गठित रूपमै स्वदेश आउने तालिका बनाउन र प्रभावकारी रूपले चुनावी अभियानमा होमिनुपर्छ,’ प्रवास विभागका प्रमुख आनन्द अधिकारीको अध्यक्षतामा भएको अन्तर्क्रियामा लिङ्देनले भने।

विभिन्न २७ देशमा रहेका पार्टी आबद्ध प्रतिनिधिहरूसँग लिङ्देनले अन्तर्क्रिया गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस