महाकालीमा बगेका दुई किशोरीको अवस्था अझै अज्ञात « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

महाकालीमा बगेका दुई किशोरीको अवस्था अझै अज्ञात


२९ श्रावण २०७९, आइतबार


ढल

काठमाडौँ । महाकाली नदीमा दुई दिनदेखि बेपत्ता दुई किशोरी अझै भेटिएका छैनन्।

बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले दशरथ चन्द नगरपालिका-८ सांगडीका १५ वर्षीया कविता टमटा र १५ वर्षीया संगीता टमटाको अवस्था अझै अज्ञात रहेको जानकारी दिए। 

उनीहरूको खोजीका लागि महाकाली नदी किनारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। उनीहरू शुक्रबार दिउँसो २ बजे नुहाउने क्रममा महाकाली नदीस्थित मौराबाट बेपत्ता भएका थिए। खबर पाएसँगै उनीहरूको खोजीका लागि साँझ पौने ७ बजे प्रहरी परिचालन भएका थिए।  

दुवै किशोरी राजकीय इन्टरकलेज झुलाघाट भारतमा कक्षा १० मा अध्ययनरत थिए।

Tags :
प्रतिक्रिया दिनुहोस