निहारिकाको मुद्दामा राष्ट्रपतिकाे चासो : कानुन मन्त्री र महान्यायाधिवक्तालाई बोलाएर ध्यानाकर्षण « प्रशासन
Logo १८ आश्विन २०७९, मंगलबार
   

निहारिकाको मुद्दामा राष्ट्रपतिकाे चासो : कानुन मन्त्री र महान्यायाधिवक्तालाई बोलाएर ध्यानाकर्षण


२८ श्रावण २०७९, शनिबार


काठमाडौँ । न्याय माग गर्दै आमरण अनशनमा रहेकी निहारिका राजपूतको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो दिएकी छन् ।

उनले आज कानून मन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई बोलाएर यस विषयमा ध्यानाकर्षण गराएकी हुन् ।

निहारिकाले हिजो राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाह प्रयास गरेकी थिइन् । तर, प्रहरीले हस्तक्षेप गरी उनको ज्यान जोगाएको थियो । ९ दिनदेखि आमरण अनशनमा रहेकी उनले आफूमाथि ‘बलात्कार गर्ने’ व्यक्तिलाई पक्राउ गर्नुपर्ने र बच्चाको डिएनए टेस्ट गर्नुपर्ने लगायतका माग राखेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस