जोन्सन एन्ड जोन्सनले बेबी पाउडर उत्पादन र बिक्री पूर्ण रूपमा बन्द गर्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

जोन्सन एन्ड जोन्सनले बेबी पाउडर उत्पादन र बिक्री पूर्ण रूपमा बन्द गर्ने


२८ श्रावण २०७९, शनिबार


काठमाडौँ । जोन्सन एन्ड जोन्सनले अर्को वर्षदेखि बेबी पाउडर उत्पादन र बिक्री पूर्ण रूपमा बन्द गर्ने भएको छ ।

अमेरिकामा यो पाउडरको बिक्री बन्द गरेको दुई वर्षपछि हेल्थकेयर कम्पनीले यो निर्णय गरेको हो ।

जोन्सन एन्ड जोन्सनले आफ्ना उत्पादनहरूमा एस्बेस्टोस प्रयोग गर्ने र त्यसले पाठेघरको क्यान्सर गराएको आरोप लगाउँदै महिलाहरूले कम्पनी विरुद्ध करिब ३८,००० मुद्दाहरू दायर गरेका छन् । तर कम्पनीले दशकौँको अनुसन्धानले आफ्ना उत्पादनहरू प्रयोग गर्न सुरक्षित रहेको देखाएको दाबी गरेको छ।

कर्नस्टार्चमा आधारित पाउडर विश्वका विभिन्न देशमा बिक्री भइसकेको पनि कम्पनीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस