रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटनामा १ जनाको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटनामा १ जनाको मृत्यु


२८ श्रावण २०७९, शनिबार


काठमाडौँ । रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी चढेको गाडी विहान ११ बजे दुर्घटना हुँदा उक्त गाडीमा सवार प्रहरी जवान लक्ष्मण पुन मगरको मृत्यु भएको हो ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–११ तल्लो सेरा भन्ने ठाउँमा लु १ झ ६६० नम्बरको गाडी दुर्घटना हुँदा घाइते भएका रोल्पाको सुनिल स्मृति गाउँपालिका–२ का पुनको टाउकोमा चोट लागेको थियो ।

उनको बाँके कोहलपुरको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस