बैतडीमा महिलाका नाममा ५ सय उद्योग « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बैतडीमा महिलाका नाममा ५ सय उद्योग


२८ श्रावण २०७९, शनिबार


काठमाडौँ । पछिल्लो समय बैतडीमा महिलाको नाममा उद्योग दर्ता हुने क्रम बढेको छ । राजश्व कम लाग्ने भएकाले महिलाका नाममा उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको हो ।

दुई वर्षमा मात्रै यहाँ महिलाका नाममा ५ सय ८ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी लक्ष्मण साउँदका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सात सय ५४ उद्योग दर्ता भएकामा दुई सय ७१ उद्योग महिलाका नाममा दर्ता भएका भएका छन् ।

यस्तै २०७७/७८ मा पाँच सय ९४ साना उद्योग दर्ता भएकामा दुई सय ३७ उद्योग महिलाका नाममा दर्ता भएका छन् । महिलाका नाममा उद्योग दर्ता भए ५० प्रतिशत राजश्व छुट हुने, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले सहुलियतमा कर्जा दिने भएकाले पनि महिलाका नाममा अहिले उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको हो ।

बैतडीमा हालसम्म ३ हजार ५ सय ९० उद्योग दर्ता भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस